नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ जेठ ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) राष्ट्रिय सभामा पद तथा गोपनीयताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका हुन् ।
त्यस्तै पदभार ग्रहण गरेपछि उनले आफ्नो पहिलो निर्णय भने नगर कार्यपालिकाको बैठकको लाइभ गर्ने बताएका छन् । उनले आज (सोमबार) नगर कार्यपालिकाको बैठक दिउँसो ४ बजेलाई बोलाइएको र बैठकको लाइभ गर्ने जानकारी दिए ।
त्यसैगरी मेयर साहले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी पनि नमनाउने उद्घोष गरे । उनले भने, ‘हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुन भएको छ, छालाको रोग लागेको छ । फोहोर व्यवस्थापन नभएसम्म हामी खादा -माला, नलगाउने र खुसी पनि मनाउदैनौं ।’