नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ । आज (मंगलबार) को बैठकमा प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।
अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यस्तै आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो छलफल र त्यसमा उठेका प्रश्नमा अर्थमन्त्रीको जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेको समय तोकेका छन् । संवैधानिक व्यवस्थानुसार हरेक वर्षको जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरिन्छ ।
भिडियो
भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल