रहेनन् बलिउडका चर्चित गायक केके

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथ (केके) को मंगलबार राति पश्चिम बंगालको कोलकातामा निधन भएको छ । उनी बलिउडमा केकेको नामले चर्चित थिए ।

रिपोर्टका अनुसार कन्सर्टको क्रममा उनको स्वास्थ्य बिग्रिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो । उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।



रिपोर्टका अनुसार कन्सर्टपछि केकेको स्वास्थ्य अचानक बिग्रिएपछि उनी बेहोस भएका थिए । उनलाई तत्कालै दक्षिण कोलकाताको एक निजी अस्पतालमा लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए। अस्पतालका एक वरिष्ठ अधिकारीले भने, ‘हामीले उनको उपचार गर्न नसक्नु दुर्भाग्यपूर्ण छ ।’केके बलिउडका एक शीर्ष श्रेणीका गायक थिए जसले धेरै भाषाहरूमा गीत गाएका छन् । केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायतले शोक व्यक्त गरेका छन् ।

‘हम दिल दे चुके सनम’ मा उनले गाएका ‘तडप तडप के इस दिल से…’ र ‘ओम शान्ति ओम’ मा ‘आँखों मे तेरी…’ लगायतका गीत दर्शकले निकै रुचाएका थिए । उनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनले तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका छन् । गायकलाई

सम्बन्धित समाचार