नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ जेठ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने को कि भन्ने चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
अध्यक्ष प्रचण्डले प्रचण्डले कांग्रेसले अहंकार बढाएको खण्डमा एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी पनि दिएका छन् । ‘अहिले काँग्रेस पनि एमाले जस्तै अहंकारी होला कि भन्ने डर पैदा भएको छ’ अध्यक्ष प्रचण्डले भने ‘कांग्रेसलाई हामीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो र भइराख्नुस् भन्ने पनि छ । तर एमालेको जस्तो अहंकार गर्यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस् । ‘
प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय काँग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने दाबी गरे । उनले अहिलेको आवश्यकता गठबन्धन रहेको भन्दै आगामी निर्वाचनमा गठबन्धनमा थप सुधार गर्नुपर्ने ठाउँ रहेको बताए । त्यस्तै उनले माओवादीले कहिले एमालेको त कहिले कांग्रेसको दम्भ बढाइदिने गरेको आरोप समेत लाग्ने गरेको बताएका छन् । उनले भने, ‘हाम्रा बाध्यता पनि छ, आवश्यकता पनि छ । तर जसले दम्भ देखायो अहंकार त्यसविरुद्ध माओवादीले विद्रोह गर्दै आएको छ ।’

