नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ जेठ ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(सोमबार) को बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ ।
त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विद्येयकबारे अन्तिम कार्यसूची बनाउने संसद् सचिवालयले जनाएको छ ।
भिडियो–
भिडियो साभार-House of Representative Nepal प्रतिनिधि सभा