नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ जेठ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । चितवन भरतपुर महानगरपालिका-१६ ज्ञानेश्वर सामुदायिक वन नजिकै नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै मुस्ताङ, थासाङ गाउँपालिका-४ तल्लो घाँसा बस्ने ७० वर्षीया सुकदेवी सोही ठाउँस्थित थाप्लाङखोला जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । सल्लाको दियालो खोज्न भनी शनिबार उक्त जंगलमा गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस्तै कपिलवस्तु, बिजयनगर गाउँपालिका-१ सुरईखोलामा सोही गाउँपालिका थरौली बस्ने ४४ वर्षीय जोक बहादुर खानगह शनिबार मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट माछा मार्न भनि खोलामा गएकोमा उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । यता गोरखा, पालुङटार नगरपालिका-७ कुनाखेतस्थित मर्स्याङ्दी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

