असारदेखि हप्ताको दुई दिन बिदा नहुने

नेपाल सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असार १ गतेदेखि आइतबार बिदा दिने व्यवस्था​ खारेज गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले गत जेठ १ गते देखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सरकारले इन्धन र सार्वजनिक खर्च कटौती गर्न सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।



तर, सरकारको यस्तो निर्णयविरुद्ध दबाब बढ्दै गएपछि नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हो ।

 

सम्बन्धित समाचार