गठबन्धनको विषयमा यसो भने माधव नेपालले

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताएका छन् । मंगलबार राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपाल पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन मंगलबार सप्तरी पुगेका थिए । उनले सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।



‘उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ’, उनले भने। उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उनको भनाइ थियो । त्यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने बताए ।

 

सम्बन्धित समाचार