नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ जेठ ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(शुक्रबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजकको बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ। बैठकमा परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।
त्यस्तै बैठकमा सांसद प्रेम सुवाल, दुर्गा पौडेल, गोर्कण विष्ट र खगराज अधिकारीले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
भिडियो–
भिडियो साभार-House of Representative Nepal प्रतिनिधि सभा
