नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ जेठ ।

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली जरङ्खु बस्ने झापा शिवसताक्षी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कल्पना लिम्बु आफ्नै कोठाभित्र बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-११ शिखरकटेरिमा सोही ठाउँ बस्ने रोशी गाउँपालिका-२ घर भएका ५७ वर्षीय राम बहादुर दमाई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै डोटी, बोग्टान फुड्सिल गाउँपालिका-४ सातफरी न्वादेउ बस्ने २६ वर्षीय भरत बहादुर कामी सोही ठाउँस्थित आफ्नै पसलभित्र बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

