भक्तपुर केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

भक्तपुर केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । आज (शनिबार) बिहान २ बजेर ३६ मिनेट भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको बताइएको छ ।



केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको जानकारी दिए ।

सम्बन्धित समाचार