नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति चौधरीको मृत्यु भएको उनकी छोरी रक्षाले जानकारी दिइन् ।
संविधानसभा सदस्यसमेत रहेकी मिथिला नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।
उनका श्रीमान, एक छोरा र दुई छोरी छन् ।
