नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । सुनसरी, इटहरी उपमहानगरपालिका-२ स्थित घरमा हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै जाजरकोट, कुशे गाउँपालिका-६ भार्मा बजार डेरा गरी रुपन्देही सिद्धार्थनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय सन्नर हरिजन आफ्नै डेरामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पहाडी क्षेत्र विकास अभियान संस्था जाजरकोटमा कार्यरत उनी कार्यालय नआएपछि खोजी गर्ने क्रममा कोठामै उनको शव फेला परेको हो ।
यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-९ झरनाखोला बस्ने ५० वर्षीय राजिव देवल आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

