नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।

नुवाकोटको ककनीमा एक व्यक्ति विगत ६ घटना देखि बिजुली प्रशारण लाइनमा हिँडिरहेका छन् । आज (शनिबार) बिहान ९ बजेदेखि उनी बिजुली प्रशारण लाइनमा हिँडिरहेका छन् ।
नुवाकोटको बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेको प्रहरीले जनाएको छ । बिजुलीको तारमै रहेको र उनलाई तल झार्ने प्रयास भैरहेको छ।
विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ । प्रहरी र स्थानीय वासिन्दाले उनलाई तल ओर्लन आग्रह गरेपनि उनी मानेका छैनन् । मानसिक सन्तुलन गुमाएका विक परिवारसँग झगडा गरेर बिजुलीको तारमा छाडेको स्थानीयले बताएका छन् ।

