नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ जेठ
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(आइतबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।
बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल भइरहेको हो ।
भिडियो–
भिडियो साभार-House of Representative Nepal प्रतिनिधि सभा