मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । कैलाली, मोहन्याल गाउँपालिका-३ स्थित सुन्याथाई खोलाको तालमा सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी साउद शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै दोलखा, तामाकोसी गाउँपालिका-७ हावा तल्लोबारी बस्ने ५१ वर्षीया मानकुमारी सुनुवार सोही ठाउँस्थित चुरेभिर जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार घरबाट आफूखुसी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।



यस्तै सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-१ खरीखोला डेरा गरी बस्ने सोताङ गाउँपालिका-१ घर भएका ६० वर्षीय रत्न बहादुर गुरूङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता बारा, कलैया उपमहानगरपालिका-९ रामपुर बस्ने ७५ वर्षीय अहमद मियाँ आफ्नै गोठमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी दार्चुला, शैल्यसिखर नगरपालिका-६ स्थित घुरिसल्ला भन्ने स्थानमा सोही नगरपालिका-६ पानेबाज बस्ने ५५ वर्षीय जयदेव सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् । यता कास्की, पोखरा महानगरपालिका-१० पिपलडाली चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार