नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (मंगलबार) राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको हो ।
मन्त्री वलीले हातपात गरेको थाहा पाए पछि स्थानीयले उनलाई बस्नेतको घरमा थुनेर राखेका थिए । राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख कार्यालयको एसपी सुरेश काफ्लेले बताए ।