निहारीका राजपूतलाई न्याय दे सरकार !

निहारीका राजपूत न्यायको भिक माग्दै केन्द्रीय राजधानी काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन शुरु गरेकी छन् । मनसुन पनि शुरु भैसककोले दिन प्रति दिन वर्षा भइरहेको छ । पानीले भिजेको सडक ,चिसो रोडमा न्यायको हात थाप्दै महोत्तरी, जलेश्वर नगरपालिका ८ देखि काठमाडौँ आइपुगेकी निहारीका, काखमा दुधेबालक च्यापेर आमरण अनसन सुरु गरेकी हुन् ।

उनी अविवाहित हुन् । तर उनको बच्चा छ, उनी एक आमा हुन् । त्यसैले उनी आफूलाई कुमारी आमा भनेर चिनाउँछिन् । आफू १७ वर्षकी हुदाँ जनकपुरका शिवराज श्रेष्ठ नाम गरेका व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्का गरेको निहारिका बताउँछिन् । त्यसपछि मेरो पेटमा उसको गर्भ रह्यो ,जसलाई मैले ११ महिना पेटमा बोकेर यो धर्तिमा पाइला टेक्ने सु-अवसर प्रदान गरिन्। जुन बच्चा आज २१ महिनाको भइसकेको छ । उनले माइतीघरको सडकबाट न्यायको अपिल गरिरहेकी छन् ।



न परिवार, न साथीभाई, न त आफन्त साथमा कोही छैन, दृश्य आफैंमा कारुणिक र मनछुने खालको छ । बाटोमा हिड्दै गर्दा त्यो दृश्यले एक पटक चसक्क मनमा चिसो बनाउँछ पीडित यी नारीको लडाइँमा धेरै अधिकारकर्मी र न्यायप्रेमीहरुको साथ रहेको छ । दुई वर्षदेखि काठमाडौँमा डेरा गरी बसेकी निहारीका अनवरतरुपमा न्यायको लागि संघर्ष गरिरहेकी थिइन् । राज्यका नीतिनिर्माता तहसम्म न्यायको ढोका
घचघच्याउँदै हिड्दा कतैबाट न्याय पाउने आसा नदेखेपछि आमरण अनसनको बाटो रोज्न उनी बाध्य भएकी हुन् ।

उनी भन्छिन्, ‘आफू बलात्कृत भएपछि न्याय माग्दै पुग्नपर्ने सबै ठाउँ पुगी तर, जहाँ-जहाँ म पुगेपनि मलाई नै गलत साबित गर्न खोजियो । सबै बलेको आगो मात्र ताप्ने मेरो समाजले, अनि नेपालको प्रहरी प्रशाशनले सुरु अवस्थादेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो ।’

‘यो देशमा महिला आयोग छ तर म जस्ताको लागि न्याय दिलाउन बनेको आयोग होइन रहेछ । चिच्चाउदाँ मेरा ओठ सुकिसके आयोग धाउँदा- धाउँदा पाइला गलिसके, थकान भैसकेकी तर, पनि हार मानेको छैन । न्यायको लडाइँमा जब म होमिएँ मैले न्यायालय, महिला आयोग र प्रहरीको साथ नपाएको भन्दै निहारीकाले आफ्नो दुखेसो पोखिन्।

प्रहरीले माइतीघरमा उनलाई एक दिन पनि अनसन बस्न दिएन र उनलाई बसन्तपुर पुर्यायो र उनी त्यहाँबाटै अनसन सुरी गरिन् । तर उनको अनसन माथि प्रहरीले धरपकड गर्दै उनलाई अपराधीलाई जस्तै हतकडी लगाउँदै कुटपिट गरेको निहारिका बताउँछिन् । निहारीका सञ्चारकर्मीसँग भन्छिन्, ‘म जस्ता अन्यायमा परेको मान्छेले न्याय माग्दा हतकडी लगाइयो । न्याय मरेको मेरो देश ,डिएनए परीक्षणको लागि अदालतलाई पटक पटक गुहारदा आदेश दिँदैन अब म न्यायको लागि कहाँ जाने ? प्रश्न आफैंमा अनुत्रीत छन् ।’

अहिले उनी बच्चासहित बसन्तपुरमा अनसनरत छिन् । बलात्कृत भएको धेरै दिनसम्म त बोल्ने सकिन, सुरु-सुरुमा आफ्नै परिवारको इज्जत जाला भन्ने डरले बोल्न सकिन । समय बित्दै गयो पेट भित्रको नवजात शिशु हुर्कदै गयो । अब त अति भयो कहिलेसम्म डराएर बस्ने ? आत्मबल बढाउदै उनी भन्छिन्, ‘अब न्यायको लागी लडाइँमा उत्रिए । मलाई ज्यानमार्ने धम्किदेखी आर्थिक प्रलोभन सम्म देखाए तर म आफनो अडान बाट पछि हटिइन । र आज यहाँ सम्म आइपुगेको छु ।’

यस्तो थियो घटना
घटना ०७६ कार्तिक ६ को हो । निहारीकाको छोरा ०७७ भदौ ५ मा जन्मियो । घटना भएको केही महिना पछि उनले जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । उनको आरोप छ, ‘आफू नाबालिक भएकै बेलामा नशालु पदार्थ खुवाएर बेहोस बनाइ बलात्कार गरेको त्यही कारण गर्भाधारण भएर बच्चा जन्मियो ।’ निहारीकाका अनुसार उनको बच्चा ०५९ फागुन ७ गते जन्मिएकी हुन् । तर,उनको नागरिकतामा २०५६ असार १९ गतेको जन्म उललेख छ । अदालतले उनको नागरिकताको आधारमा नाबालिग नभएको कुरालाई आधार मानेको छ । निहारीका भन्छिन्, ‘आफूलाई श्रेष्ठले जबरजस्ती करणी गरेको र गर्भवती भएको उसैको गर्भरही बच्चा जन्मेको र उसका परिवारले पटक-पटक गर्भपतन गर्न दबाब दिएको दाबी गरिन् ।’

तर, अदालतले श्रीमान श्रीमती लेखेको र प्रहरी कार्यलयमा दिएको उजुरीमा पनि सोही प्रकृतिको भएकोेले त्यसलाई आधार लिएर श्रेष्ठलाई सफाई दिएको छ । अदालले जन्मभएको बच्चाको विषयमा भने प्रष्ट बोलेको छैन । ‘न्यायलयबाट आफूले न्याय पाउँछु भन्ने थियो, तर राजनीति शक्ति र आर्थिक चलखेलका कारण न्यायलय अपराधीको पक्षमा उभियो । अपराधीको पक्षमा आएको फैसेला मेरो नाबालक बच्चा र मैले रुँदै सुन्नुको कुनै विकल्प थिएन’, निहारीका रुँदै भन्छिन् ।

निहारीकासँगै अनसनमा साथ दिएकी अधिकारकार्मी जस्मिन ओझा उसको मुद्दा सुरु देखी नै कमजोरी रहेको दाबी गर्छिन । प्रहरी र सरकारी वकिलले कमजोरी गरिदिएको कारण प्रमाणहरु कमजोर बनेको अवस्था छ । अधिकारकार्मी ओझा भन्छिन्, ‘मुद्दाको पुनः अनुसन्धान हुनुपर्छ भनेका हौँ ।’ अनशन बसेकी निहारीकाले आफना केही मागहरु अघि सारेकी छिन् । जसमा पहिलो माग बच्चाको डिएनए परीक्षण, काखमा बच्चा लिएर फैसला कुरिरहँदा न्यायाधीशले मेरो काखको बच्चा किन देखेनन् ?, बच्चालाइ वेवास्ता गर्दै अपराधीको पक्षमा फैसेला गर्ने आँट श्रीमानलाइ कसरी भयो ?, उच्च अदालतले मुद्दामा ढिलासुस्ती गरेको, खुलेआम हिंडीरहेको आफ्नो बलात्कारीलाई प्रहरी प्रसाशन पक्राउ गर्न पर्यो, मेरो मुद्दा कमजोर पार्ने प्रहरी अधिकारी र न्यायाधीशमाथि अनुसन्धान हुनु पर्यो, काखको बच्चाको वेवास्ता गरेर फैसला गर्ने न्यायाधीश पनि अनुसन्धानमा तानिनु पर्यो, बच्चाको रेखदेख ,हेरचाह ,स्वास्थ्य उपचार र शिक्षाको राज्यले जिम्मा लिन पर्यो लगायतको माग रहेको छ ।

निहारीकाले बसन्तपुरमा अनसन थालेपछि राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगले स्थलगत निरीक्षण गरेका छन् । अहिले उनको अनसनस्थलमा पाल टाँगेर सुरक्षित रुपमा अनसन बस्ने प्रबन्ध मिलाईएको छ । राष्ट्रिय मानब अधिकार आयोगकी सदस्य लिली थापालाई हामीले सोधेका थियौ ‘तपाईंहरुले यो मुद्दालाई कसरी हेर्दे हुनुहुन्छ ?’ थापा भन्छिन्, ‘निहारीकाको मागबारे ध्यानाकर्षण भएको र त्यसबारे गृह मन्त्रालयसँग समन्वय भइरहेको बताइन् । उनीमाथि अन्याय भएको छ । उनको काखमा बच्चा छ त्यो बच्चाको बाबु को हो ? त्यसको टुंगो लगाउनु पर्छ । राज्यले निहारीकालाई न्याय दिनु कति पनि ढिला गर्नु हुँदैन । निश्पक्ष र न्यायोचित छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक देखिन्छ ।’

 

 

 

सम्बन्धित समाचार