मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । मोरङ, बेलबारी नगरपालिका-१० स्थित बेलबारी चिसाङ साझेदारी बनको भवनको कम्पाउण्डभित्र सोही वनका कर्मचारी सोही ठाउँ बस्ने ६० वर्षीय यादव खनाल सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सिरहा, औरही गाउँपालिका-३ बस्ने राजेन्द्र यादवको छोरा १० वर्षीय बिमलेश यादव आफ्नै घर पछाडी खेतमा जमेको पानीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । हाँस खोज्न गएकोमा घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खेतमा उनको शव फेला परेको हो ।



यसैगरी सिरहा, गोलबजार नगरपालिका-२ टुर्किया लालपुर टोल बस्ने ६० वर्षीय गंगा बहादुर मगर सोही ठाउँस्थित सार्वजनिक जडिबुट्टी पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता पर्सा, धोबिनी गाउँपालिका-३ हरिहरपुर बस्ने ६० वर्षीया जगिया देवी आफ्नै घरबाट करिब ५ सय मिटर टाढा आँपको रुख मुनी सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार