प्रचण्डले एसपीपी सम्झौता ओली सरकारकै पालामा भएको भनेपछि…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकारकै पालामा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता भएको दाबी गरेका छन् । आज (बिहीबार) रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडा मा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कार्य भैरहेको भन्दै एसपीपी विषय राष्ट्रवादको झुटो प्रचार रहेको बताएका छन् । ‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो’, प्रचण्डले भने । बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कुनै सैन्य सम्झौता नहुने प्रतिबद्धता जनाएको प्रचण्डले बताए । ‘प्रधानमन्त्रीसँग र हामो गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । कुनै सैन्य सम्झौता हुने छैन ।’



‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ’ प्रचण्डको भनाइ छ । त्यस्तै उनले गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता र नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिने बताए ।

सम्बन्धित समाचार