
प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज (बिहीबार) दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
बैठकमा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसअघि बुधबारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएपनि समय अपुग भएपछि आजको बैठकमा गरिने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । हिजोको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, शहरी विकास मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अर्थ मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायतले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिएका थिए ।
भिडियो –
भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल
