नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असार ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक भएको छ । तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ को अक्टोबर २७ अर्थात् २०७२ कात्तिक १० गते अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई पठाएको पत्र सार्वजनिक भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाली सेनाले पत्र पठाएको थियो । ओली ११ अक्टोबर २०१५ अर्थात् २०७२ असोज २५ गते संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । उक्त पत्रमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू उल्लेख गरिएको छ ।
त्यसअघि नेपाली सेनाले बुधबार मात्र एक विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेनासँग वा सरकारसँग नगरेको बताएको थियो ।
पत्र