नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम (एसपीपी) सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन् । आज (शुक्रबार) बिहान प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले एसपीपीको छलफलमा च्याप्टर क्लोज भइसकेकाले अब बहस आवश्यक नभएको बताएका छन् । नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ ।
खड्काले भने ‘नेपालको हितमा एसपीपी छैन। यो अगाडि बढ्दैन। हामी सामरिक गठबन्धनमा जाँदैनौं । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यसको च्यापटर नै क्लोज भइसक्यो । यसको खोतलखातल नगरौं । एउटै विषय पटक पटक नकोट्याउँ।’