एसपीपीको विषयमा यसो भने प्रधानसेनापति शर्माले

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको बताएका छन् । आज (शुक्रबार) बिहान एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि दिए । नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा अमेरिकालाई एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै शर्माले सैन्य गठबन्धनका लागि पत्र नलेखिएको बताए । ‘एसपीपी हाम्रो लागि मान्य छैन, मानवीय सहयोगका लागि भनेर आएकोले पत्राचार भएको हो।’ उनले भने, ‘सैन्य गठबन्धनका लागि लेखिएको होइन । नेपाल सैन्य गठबन्धन जाँदैन भनेर अमेरिकालाई भनिसकिएको छ ।’



त्यस्तै उनले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए । नेपाली सेनाले जनतामाथि खेलवाड नगर्ने भन्दै शर्माले एसपीपीसम्बन्धी बाहिर आएको कागजात पनि सरकारी नभएको दाबी गरे । यस्तै उनले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको बताएका छन् । प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गते अमेरिका जाँदै छन् ।

 

सम्बन्धित समाचार