पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

संयुक्त राष्ट्रसंघले रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ । ‘युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था विशेष गरी पूर्वी डोनबासमा अत्यन्तै डरलाग्दो छ । यो अवस्था तीव्ररूपमा बिग्रँदै गएको छ,“ संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ ।



यता युस-युक्रेन युद्ध चलिरहेको बेला फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार कीभ पुगेका छन् ।

सम्बन्धित समाचार