नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
फिफा महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल १०१ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १०२ औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली देशको वरीयतामा दोस्रो स्थानमा छ भने एसियाली राष्ट्रको वरीयतामा २१ औं स्थानमा रहेको छ ।
दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपालभन्दा अघि भारत रहेको छ । भारत ५९ औँ स्थानमा छ । नयाँ वरीयताको शीर्ष स्थानमा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो , फ्रान्स तेस्रो जर्मनी चौंथो र नेदरल्यान्ड्स पाँचौं, क्यानडा छैटौं, स्पेन सातौं, इंग्ल्यान्ड आठौं, ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा रहेका छन् ।