मृत अवस्थामा १३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १३ जना फेला परेका छन् । सुनसरी, कोशी गाउँपालिका-८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका- १ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा सोही नगरपालिका-३ बस्ने ५५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन् । यता सप्तरी, शम्भुनाथ नगरपालिका-६ कठौना चोकस्थित ना.६ ख ३३७२ नम्बरको ट्रकभित्र
सुतिरहेका सोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका-२ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।



त्यसैगरी नवलपरासी(पूर्व), देवचुली नगरपालिका-९ मिलनटोलस्थित मकैबारीमा कावासोती नगरपालिका-१२ बस्ने ६२ वर्षीय रुप बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् । यता रुपन्देही, सिद्धार्थनगर नगरपालिका-३ स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका-२ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै मकवानपुर, भिमफेदी गाउँपालिका-८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यता तनहुँ, आबुखैरेनी गाउँपालिका-२ मार्की चोकस्थित मस्याङ्दी नदीको ड्याममा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अँवस्थामा फेला परेका छन् ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ दुई वटा कुलोको मुहानस्थित नहरमा सोही ठाउँ बस्ने ६० वर्षीय बलराम विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् भने रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्धनगर तिनाउ पुलस्थित खोलामा सोही उपमहानगरपालिका-११ प्रगतिनगर बस्ने ५२ वर्षीय सूर्य बहादुर जिसी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यता गोरखा, शहिदलखन गाउँपालिका-३ मनकामनास्थित मनकामना रिर्सोटमा कुक काम गर्ने काभ्रे चौरी देउराली गाउँपालिका-५ तुसारे वतन भएका २१ वर्षीय रामहरि गौतम सोही रिर्सोटको आफू सुत्ने कोठमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, जहदा गाउँपालिका-४ मुखिया टोल बस्ने ६५ वर्षीया निर बुधिया देवी मुखिया सोही ठाउँस्थित माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी सिरहा, गोलबजार नगरपालिका-१२ बेतौना टोल बस्ने ६० वर्षीय सत्यनारायण मण्डल सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता उदयपुर, उदयपुरगढी गाउँपालिका-७ नागवेली बस्ने ३७ वर्षीया दिल कुमारी राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार