नेपाल र हङकङ भिड्दै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिड्दै छन् । आज (मंगलबार) मलेसियाको किनरारा ओभलमा हुने खेल नेपाली समय अनुसार अपराह्न १२:०० बजे सुरु हुनेछ ।

आज नेपाल हङकङलाई पराजित गर्दै अपराजित रहँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनाका साथ मैदान उत्रदै छ । यद्यपि नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने २ खेलमा ४ अंक जोडेको हङकङ दोस्रो स्थानमा रहेको छ ।



पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ जसमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् भने समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।

समूहका दुई शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

सम्बन्धित समाचार