नेपाल हङकङसँग पराजित

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत चौथों तथा समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । आज (मंगलबार) भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।

मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३२ रअप्सरी बेगम २२ रनमा अविजित रहे भने बिन्दु रावलले २३ रन जोडिन् । हङकङको लागि बेट्टी चानले २ विकेट लिइन् भने मार्याम बीबी र एलिसा हब्बार्डको भागमा समान १-१ विकेट रह्यो ।



११० रनको लक्ष्य लिएर मैदान उत्रेकोहङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको लागि मारिको हिलले सर्वाधिक ४५ रन जोडिन् भने नताषा मिल्सले २८ रनमा अविजित रहिन् । त्यस्तै कप्तान कारी चानले १७ रन बनाईन् ।

नेपालको लागि संगीता राईले २ विकेट लिईन् भने सीता मगरको भागमा १ विकेट रह्यो । जितसँगै हङकङ ३ खेलमा ६ अंक सहित समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने उसले एक खेल खेल्न बाँकी रहेको छ । यता नेपाल भने ४ खेलमा ६ अंक जोड्दै समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब नेपालले सेमिफाइनमा समूह ‘ए’ को विजेतासँग खेल्नेछ ।

पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ जसमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा रहेको नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् भने समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।

समूहका दुई शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

सम्बन्धित समाचार