मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । सर्लाही, लालबन्दी नगरपालिका-६ स्थित लालबन्दी साझेदारी वनमा सोही ठाउँ बस्ने ६६ वर्षीय विष्णुलाल दमाई सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै चितवन, माडी नगरपालिका-९ कुसुम खोला गोठेरी भन्ने स्थानमा सोही नगरपालिका-९ राईडाँडा बस्ने ६० वर्षीय रत्न बहादुर पनेरु सोमबार मृत अवस्थामा फेला परेका छन् । यता गोरखा, पालुङटार नगरपालिका-५ हवाई ग्राउण्डस्थित मर्स्याङ्दी नदीको किनारमा सडी गलिसकेको अवस्थामा करिब ५० वर्षीय पुरुषको सोमबार शव फेला परेको छ ।



यस्तै काठमाडौं चन्द्रागिरी नगरपालिका-९ टखेल नयाँबस्ती मच्छेगाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका ४० वर्षीय राम काजी थामी सोमबार मृत अवस्थामा फेला परेका छन् । घर निर्माणको काम गर्ने उनी काम गर्ने घरको कम्पाउण्डमा मृत फेला परेका हुन् ।

त्यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरस्थित तिनाउ नदीमा सोही उपमहानगरपालिका-११ बुद्धनगर बस्ने ६५ वर्षीय किशोर बहादुर नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार