नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असार ।

कास्की र गोरखामा भूकम्प गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको र गोरखाको थुमी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
आज (बिहीबार) बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर २२ बजेको समयमा गोरखाको थुमी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । गोरखा आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

