अन्तत: घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (शनिबार) एक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

सरकारले पेट्रोलमा २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मूल्य घटाएसँगै अब पेट्रोल प्रतिलिटर रु १७९, डिजेल र मट्टितेलको प्रतिलिटर रु १६३ कायम भएको छ ।



नेपाल आयल निगमले गत असार ५ गते पेट्रोलमा प्रतिलिटर रु २१ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु २७ -२७ वृद्धि गरेको थियो । निगमले मूल्य बढाएसँगै पेट्रोल प्रतिलिटर रु १९९, डिजेल र मट्टितेलको प्रतिलिटर रु १९२ कायम भएको थियो । पेट्रोलियम पदार्थको नयाँ मूल्य शनिबार राति १२ बजे देखि लागू हुनेछ । यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो । पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा चौतर्फी विरोध भैरहेको थियो ।

यो पनि पढ्नुस –

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सम्बन्धित समाचार