क्यानडा टुर र विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

क्यानडा टुर र स्कटल्याण्डमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो ।

नेपालले स्कटल्याण्ड जानुअघि क्यानडाको स्थानिय क्लब ओन्टारियोसँग एक खेल खेल्नेछ भने क्यानडाको राष्ट्रिय टोलीसँग दुई अभ्यास खेल खेल्नेछ । नेपालले असार १७ क्यानाडियन क्लबओन्टारियोसँग र क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका रहेको छ । टोलीमा वासिर अहमदले एकदिवसिय टोलीमा पहिलो पटक मौका पाउँदा पवन सर्राफले टोलीमा पुनरागमन गरेका छन् ।



त्यस्तै विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अमेरिकाको सिरिजको लागि टिममा रहेका सुनिल धमला, सुशन भारी र सागर ढकाल टोलीमा अटाएका छैनन् । नेपाली टोली मंगलबार क्यानाडा जाने क्यानले जनाएको छ । नेपाल क्यानाडाबाट नै स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियासँग, दोस्रो खेल जुलाई १३ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १६ खेलबाट १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने २० खेल खेलेको स्कटल्याण्ड २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १४ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थनमा रहेको छ ।

नेपाली टिम
कप्तान सन्दीप लामिछाने
उपकप्तान रोहितकुमार पौडेल
दीपेन्द्रसिंह ऐरी
कुशल भुर्तेल
आसिफ शेख
आरिफ शेख
आदिल अन्सारी
पवन सरराफ
करण केसी
विनोद भण्डारी
सोमपाल कामी
किशोर महतो
देव खनाल
वासिर अहमद

 

 

 

सम्बन्धित समाचार