आयरल्याण्डविरुद्धको सिरिज भारतलाई

आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज भारतले जितेको छ । मंगलबार भएको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली आयरल्याण्डलाई ४ रनले पराजित गर्दै भारतले सिरिज जितेको हो ।

आयरल्याण्डविरुद्धको सिरिज भारतलाई



आयरल्याण्डको डब्लिनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित२० ओभरमा ७ विकेट गुमाउँदै २२५ रन बनाएको थियो । भारतको लागि दीपक हुडाले १०४ रनको शतकिय पारी खेले भने सन्जु सामसनले ७७ रन बनाए । त्यस्तै सूर्यकुमार यादव १५ रन बनाई आउट भने भने कप्तान हार्दिक पाण्डेय १३ रनमा अविजित रहे । आयरल्याण्डका लागि मार्क एडरले ३ विकेट लिए भने क्रेग योङ्ग र जोस लिटिलको भागमा समान २-२ विकेट रह्यो ।

आयरल्याण्डविरुद्धको सिरिज भारतलाई

२२६ रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि कप्तान एन्डी बलबर्नीले ६० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै पाउल स्ट्रलिङले ४० रन बनाईय आउट भए भने ह्यारी टेक्टरले ३९ रन जोड्दा जर्ज डोक्रेलले ३४ र मार्क एडरले २३ रन मा विजित रहे । भारतका लागि भुवनेश्वर कुमार, उमरान मलिक, हर्षल पटेल र रवि विश्नोईले समान १-१ विकेट लिए । जितसँगै भारतले दुई खेलको सिरिज २-० ले जितेको छ । यसअघि पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

आयरल्याण्डविरुद्धको सिरिज भारतलाई

आयरल्याण्डविरुद्धको सिरिज भारतलाई

सम्बन्धित समाचार