जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, कीर्तिपुर नगरपालिका-५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।



ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार