नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असार ।
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेब–साइट, ई–सर्व तथा इन्टरनेट बैंक्किङ नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत एनआईसी एशिया बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी उल्लेखित सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने जनाइएको छ ।
बैंकले यसअघि नै एनसेलको नेटवर्कमा पनि उक्त सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको थियो । अब भने नेपाल टेलिकम र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी एनआईसी एशिया बैंकका ग्राहकहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्ने जनाइएको छ–
NIC ASIA MoBank app : अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्युआर भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नेछन् ।
iServe : यस https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेविट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्टा बाई ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।
Website : बैंकको वेबसाइट www.nicasiabank.com बाट ग्राहक महानुभावहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन्, जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपिओ आवेदन, लोन बेनिफिट क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।
Internet Banking : यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिने छ ।
बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहकहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले विभिन्न सुविधाहरू उपलब्ध गराइरहेको बैंकले विज्ञप्तिमार्फत् जनाएको छ ।