मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षिय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सोलुखुम्बु, खुम्बुपासाङल्हामु गाउँपालिका-५ थाम्बुचेस्थित थामे गुम्बामा बस्दै आएका सोही ठाउँमा मिस्त्री काम गर्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-५ राखाबाङदेल घर भएका ५५ वर्षीय निमा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै पाल्पा, रम्भा गाउँपालिका-३ असर्दिस्थित कालीगण्डकी नदीको किनारमा सडिगलेको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव आइतबार फेला परेको छ । यता सिन्धुली, गोलन्जोर गाउँपालिका-७ खुर्कोट तल्लो बजारस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाई कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् । यता डोटी, शिखर नगरपालिका-११ तल्लीसादस्थित सेती नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका-७ बर्गदवास्थित लु.२ ख १५१५ नम्बरको टिपरमा सोही टिपरका चालक शिबराज नगरपालिका-५ नौडिहवा बस्ने ३८ वर्षीय राम केवट थारु शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार