जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई असार १४ गते दिउँसो थापाले सोही गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार