आज यी स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (मंगलबार) देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । त्यस्तै आज राति प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।



देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार