रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २४ घाइते

रामेछापमा यात्रुबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज (मंगलबार) रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटनामा परेको हो ।

बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको र घाइते २४ जना मध्ये २१ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ भने ३ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।



दुर्घटनामा परी ५ पुरुष र ४ महिलाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनास्थलमा अहिले प्रहरीको उद्धार जारी रहेको छ ।

सम्बन्धित समाचार