नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य १४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ६०० रहेकोमा बुधबार रु ९६ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० रहेकामा बुधबार प्रतितोला रु ९५ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै रु एक हजार १८५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ७४६ दशमलव १६ डलर पुगेको छ ।