जापानमा नेपाल फेस्टिवलको भव्य तयारी

जापानको टोकियोमा १२औं नेपाल फेस्टिवल जुलाई महिनाको ३० र ३१ तारिख आयोजना हुने भएको छ । नेपाल फेस्टिवल २०२२ को तयारीलगायतका सम्पूर्ण जानकारीहरू सार्वजनिक गर्ने उद्देश्यले आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ ।

जापानमा नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरूसँगै नेपालको समग्र परिचय गराउने तथा दुई देशबीच कला र सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले यस मेलाको आयोजना गरिएको जनाइएको छ । मेला एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरी पार्कमा हुने तय भएको छ । फेस्टिवलका प्रचार प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार अनौपचारिक रूपमा मेलाको व्यापक प्रचार प्रसार भइरहेको छ ।



आयोजकका अनुसार नेपाल फेस्टिवल २०२२ को तयारी अन्तिम चरणमा पुगिसकेको छ । नेपाल फेस्टिबल जापानमा नेपालीहरूको गौरवको रूपमा चिनिँदै आएको छ । दुईदिनसम्म चल्ने यस १२औँ संस्करणको मेलाको हालसम्मको तयारी, फेस्टिवलमा प्रस्तुत हुने कार्यक्रमहरू, त्यहाँ रहने विभिन्न स्टलहरू, सुरक्षाका उपायहरूलगायतका विषयमा पत्रकार सम्मेलनमा जानकारी गराइने जनाइएको छ ।

सम्बन्धित समाचार