आकाशमा दुई विमान ठोक्किँदा ४ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाशमा ठोक्किँदा चार जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

सुरुमा चार जनाको ज्यान गएको जनाएको छ । दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ ।
पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १ सय ७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ ।



प्रत्येक विमानमा २-२ जना सवार रहेका जनाइएको छ ।

सम्बन्धित समाचार