नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।
श्रीलंकाकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आज (बुधबार) श्रीलंका संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।
विक्रमासिंघे १३४ मत ल्याई विजयी हुँदा उनका प्रतिद्वन्द्वी दलास अलापेरुमाले भने ८२ मत पाएका छन् । विक्रमासिंघेले अलापेरुमा ५२ मतले पछि पार्दै श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।
निर्वाचनम कुल २२३ सांसदले मतदान गरेका थिए भने २ सांसद मतदानमा अनुपस्थित रहे । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ । राष्ट्रपतिमा निरवाचित भएपछि संसदलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गरेका छन्श्री
। त्यस्तै उनले श्रीलंकालाई जारी संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।