आज कति संक्रमित थपिए, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ५६९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ६६७ जनाको पीसीआर परीक्षण गर्दा ३१७ जना र १ हजार ९०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५४पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार २२८ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ रहेको छ । जसमध्‍ये २ हजार ३९६ जना होम आइसोलेसनमा छन् भने १४१ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८२ हजार ७१९ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार २५७ जना पुगेको छ ।

 

सम्बन्धित समाचार