उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको भाडा कति ? (सूचीसहित)

काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बिहिबारबाट लागू हुने गरी बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।

भाडा वृद्धि भएसँगै सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ रुपैयाँसम्म बढेको छ । बागमती प्रदेश सरकारले वैशाखमा लागू गरेको भाडादरमा अहिले ८.३९ प्रतिशत वृद्धि गरेको हो । नयाँ भाडा अनुसार उपत्यकाभित्रको सार्वजनिक साधनमा ५ किलोमिटरसम्म रु २० , १० किलोमिटरसम्मको लागि रु २५ बाट बढेर २७, १५ किलोमिटरसम्म रु ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको रु ३३ बटा बढेर ३५ र २० किलोमिटरभन्दा माथिको लागि रु ३८ बाट बदर ४० निर्धारण भएको छ ।



त्यस्तै, ट्याक्सीको हकमा भने वैशाखमै लागू गरिएको भाडादर नै यथावत् राखिएको छ भने मालबहाक सवारी साधनको प्रतिकिलोमिटर प्रतिटनमा १३.४५ रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर १५.०५ रुपैयाँ पुर्‍याइएको छ ।

यसो छ नयाँ भाडादर :

सम्बन्धित समाचार