नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन
कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ५५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २१८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ रहेको छ । जसमध्ये ३ हजार ५८१ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसन ३० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८४ हजार ४७५ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार ८४५ जना पुगेको छ ।