आज कति संक्रमित थपिए, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ४५४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ४१८ जना र १ हजार ६७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २०२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६९ हजार ४ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ रहेको छ । जसमध्‍ये ३ हजार ७९४ जना होम आइसोलेसनमा छन् भने १३५ जना संस्थागत आइसोलेसन ३२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८४ हजार ८९३ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार ९९१ जना पुगेको छ ।

 

सम्बन्धित समाचार