नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० रहेकोमा बुधबार रु ९४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० रहेकामा बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा ३० रुपैयाँ बढ्दै एक हजार १८५ कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।