नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा भारतीय वायुसेना (आईएएफ) दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी भारतीय वायुसेना (आईएएफ) का दुई विमानचालकको मृत्यु भएको हो ।
मि–२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार दुर्घटनामा परेको थियो ।
भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति गहिरो दुःख व्यक्त गरेको छ । वायुसेना दुर्घटनाप्रति भारतको अदालतले छानबिन गर्न आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन् ।